जलवायु प्रकोपको कहर : अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
जलवायु परिवर्तनको लागि छैठौं सबैभन्दा जोखिममा रहेको अफगानिस्तानमा जलवायु प्रकोपका कारण सन् २०२४ मा ५० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जनाएको छ ।

“गत १२ महिनामा लगभग नौ लाख व्यक्तिहरू जलवायु जोखिमबाट प्रभावित भएका छन्,” आईओएमले प्रतिवेदनमा उल्लेख गरेको छ । “पश्चिमी हेरात र फराह प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।”
यस हप्ता, दक्षिणपश्चिम अफगानिस्तान मुख्यतया फराहमा बाढी, असिना र आँधीका कारण ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गत मे महिनामा आएको बाढीले सयौंको ज्यान लिएको थियो । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरू खेतीपातीमा निर्भर रहेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार खडेरी, बाढी र घट्दो कृषि उत्पादकत्व जलवायु परिवर्तनको प्रमुख चुनौतीहरू हुन् ।
“अफगानिस्तानका ११ लाख भन्दा बढी मानिस भविष्यमा जलवायु–प्रेरित प्रकोपबाट गम्भीर प्रभावको उच्च जोखिममा छन्,” आईओएमले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्