चर्को ब्याज असुली बन्द गर्न र नेपालमै रोजगारको प्रत्याभूति गर्न महाअभियानको माग
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्नसक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापन तथा नेपालमै रोजगारको प्रत्याभूति गर्नुपर्ने माग महाभियानले राखेको छ ।
महाभियानका संयोजक दुर्गा प्रसाईले भन्नुभयो “रु २० लाखभन्दा बढी ऋण चारदेखि पाँच प्रतिशत ब्याजदरमा दिनुपर्ने, निक्षेपको ब्याज छ प्रतिशतभन्दा बढी हुन नहुने, सरकारी सङ्घसंस्थाको पुँजी शून्य प्रतिशत ब्याजदरमा बैंकमा राख्नुपर्ने र धितो लिलाम गरिएका ऋणीको कर्जा पुनःसंरचना गरिनुपर्छ” ।
“उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराउनुपर्छ”, प्रसाईले भन्नुभयो ।
कार्यक्रममा नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले भन्नुभयो, “वर्तमान समयमा व्यापार व्यवसायी चर्को ब्याजदरको मारमा छन् । ब्याजदर घटाउनु पर्छ । मुलुकमा व्यापार व्यवसायतर्फ आकर्षित युवालाई हतोत्साहित बनाउनु गलत हो ।”
महाभियान कुनै पार्टी र व्यक्ति विरोधी नभई नागरिकका वर्तमान समस्यालाई कदर गरी मुलुकभित्र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराई स्वदेशमै केही गराँै भन्ने उद्देश्यले १५बँुदे मागसहित महाअभियान सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्