गण्डकीप्रदेश

अन्नपूर्णमा मिसन ग्रासरूट बैठक

नेकपा एमाले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न १० घान्द्रुकमा वडा कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ ।

बैठकमा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्यद्वय बुद्धिमान गुरुङ र कुमार गुरुङ, अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा लगायतले अभियानको बारेमा प्रकाश पारेका थिए ।

एमाले अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुढृढीकरण अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय थियो ।

जस अनुसार फागुन १७ गतेबाट २८ गतेसम्म वडा कमिटीका बैठकहरू र फागुन २९ र ३० गते जन संगठनका बैठकहरू सम्पन्न गर्ने, २१ गते उक्त पालिकाका कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका अग्रजहरूलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसै गरी पार्टी सदस्यता नवीकरण सहित सदस्यता थप गर्ने कार्य प्रभाबकारीरूपले अघि बढाइने सो पार्टीका गण्डकी प्रदेश प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

बैठक गाउँपालिका वडा न १० कमिटी अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.