जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । नुवाकोट, बिदुर नगरपालिका-३ छापथोकस्थित जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३६ वर्षीय हरी रिमालको कुखुरा र बाख्राको खोरमा समेत आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै संखुवासभा, चैनपुर नगरपालिका-११ मादी गाउँ बस्ने पासाङ ग्याल्जेन शेर्पाको घर र गोठमा बिहीबार साँझ आगलागी हुँदा घर, गोठ, चौपाया र काठपात जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै मोरङ, रतुवामाई नगरपालिका-४ कट्घरा बस्ने पनिलाल ताजपुरीयाको भान्सा घर र गोदाम घरमा बिहीबार राति आगलागी हुँदा नगद १ लाख ५० हजार रूपैयाँ, साईकल, अन्नपात जलेर करिब ५ लाख २९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यता सर्लाही, रामनगर गाउँपालिका-३ झण्डा टोल बस्ने रामईश्वर दासको घरमा गएराति आगलागी हुँदा चौपया, फर्निचर, लत्ताकपडा, मोबाइल २ थान, सुनको तिलहरी एक तोला र नगद १ लाख ५० हजार रूपैयाँ गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रामदेव झाको घरमा समेत आगलागी हुँदा मोबाइल २ थान, साइकल १ थान, लत्ताकपडा, सुनको सिक्री, कुर्सी २ थान र नगद १ लाख रूपैयाँ गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उता बाँके, नेपालगंज उपमहानगरपालिका-६ एकता नगरस्थित खाली चौरमा पार्किङ गरी राखेको भे.१ ज १३२४ नम्बरको जिपमा गएराति आगलागी हुँदा जिप पूर्णरूपमा जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.