रास्वपाद्वारा वडा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई शपथ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ जिल्लाको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराएको छ ।

वनस्थलीस्थित पार्टी कार्यालयमा शुक्रबार ‘शपथग्रहण’ कार्यक्रमको आयोजना गरी काठमाडौँका ४१ वडामा भएको अधिवेशनबाट निर्वाचित दुई सय ९५ जना पदाधिकारी तथा सदस्यहरूले शपथ गराइएको हो । उहाँहरूलाई रास्वपा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराउनुभयो ।
शपथपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिले वडास्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वडा पदाधिकारी र सदस्यलाई जनताको दुःख सुखको सारथी भएर काम गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्