राजनीति

मुलुक सङ्कटमा परेका बेला राजनीतिक दलबीच सहकार्य हुन्छ : उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलबीच सहकार्य गरी समधान हुँदै आएको बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको वडा केन्द्रित ‘पार्टी निर्माण अभियान’अन्तर्गत अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुक राष्ट्रिय सङ्कट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको स्मरण गर्नुभयो ।

“कांग्रेस उदारवादको प्रतिनिधि हो भने कम्युनिष्ट सर्वहरावादको प्रतिनिधि हो, त्यसकारण सहकार्य मात्र होइन यी दुई शक्तिबीच प्रतिष्पर्धा पनि हुने गर्दछ । छ, नेपाली राजनीतिमा सहकार्य र प्रतिष्पर्धा आवश्यक छ, यसले लोकतान्त्रिक पद्दतिलाई सशक्त बनाउँछ”, उहाँले भन्नुभयो ।

नेपालमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा र सहकार्य बहुआयामिक रहेको नेता पोखरेलले धारणा राख्नुभयो । “राणाविरोधी आन्दोलन होस् वा २०१७ सालको राजनीतिक परिवर्तन, २०३६, २०४६ को जनआन्दोलन, २०६२÷६३ को आन्दोलन र संविधान जारी गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएका थिए”, उहाँले भन्नुभयो ।

देशव्यापी रूपमा एमालेले वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी दिँदै उपाध्यक्ष पोखरेलले आधारभूत तहसम्म पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । मुलुकका सबै ठाउँमा यो अभियान जारी छ । कार्यक्रममा पाल्पाका १० पालिकाका ८१ वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.