राजनीति

विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला

भैरहवा (रुपन्देही) नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ ।

नेता कोइराला

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.