राजनीति

प्रम ओली त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ ।

सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रा. डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ । प्रत्यारोपणपूर्व उहाँको सोमबार रगत, दिसापिसाब लगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिनुभयो । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई ‘प्रिप्रेशन’मा राखिनेछ”, उहाँले भन्नुभयो ।

उहाँको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.