एन आर एन न्युजजापान

एनआरएनए क्षेत्रीय भेला तयारी पूरा

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तरगतका क्षेत्रीय सम्मेलन आगामी शुक्रबार र शनिबार हुने भएको छ । सो भेला गत जनवरीमा हुने तय गरिए पनि त्यतिबेला स्थगित गरिएको थियो ।

स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा मार्च ४ र ५ तारिक दुईदिने भेलामा हुन लागेको हो ।

भेलामा जापानभरि रहेका करिव १२ क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरु सहित विभिन्न संघसस्थाका पदाधिकारीहरुको विशेष सहभागिता रहनेछ बताइएको छ ।

कार्यक्रम अन्र्तगत पहिलो दिन मार्च ४ तारिक आयोजकका तर्फबाट सहभागीहरुलाई स्वागत तथा डिनर कार्यक्रम आयोजना गरिएको छ भने ५ तारिक भेलाको कार्यक्रम गरिने छ । भेलामा एनआरएनए जापान क्षेत्रीय समितिका गतिविधि सहित विविध विषयमा छलफल हुने बताइएको छ।

संयोजक रेग्मीका अनुसार पहिलो दिनको शुभकामना तथा डिनर कार्यक्रमका लागि सहभागिता जनाउन सवै क्षेत्रका संयोजक तथा पदाधिकारीहरुलाई अनुरोध गर्नुभएको छ।

जापानमा कोरोना संक्रमण तिव्रगतिमा फैलिएको भन्दै भेलासम्मेलनमा रोक लगाएका कारण गत जनवरी मै हुनु पर्ने भेला शुक्रबार र शनिबार हुन लागेको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.