विश्व समाचार

उत्तर कोरियामा खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

खाद्य संकटबाट गुज्रिरहेको प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया)का दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ ।

किम

कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो ।

उहाँले सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गर्नुभएको छ ।

बैठकमा राष्ट्रिय आर्थिक योजनाको कार्यान्वयन, वित्तीय सुधारका साथै पार्टीको साङ्गठनिक विषयमा पनि छलफल गरी त्यसलाई अनुमोदन गरिएको जनाइएको छ । बैठक आइताबारदेखि बुधबारसम्म चलेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.