राजनीति

नेता नेपालसँग राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङको भेट

नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले भेट गर्नुभएको छ ।

भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको जनाइएको छ । उहाँका अनुसार अध्यक्ष नेपालले नेम्वाङलाई मत माग्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

उक्त भेटमा नेकपा (एकीकृत समाजवादी) बाट पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी रहनुभएको थियो ।

राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङमा भेटघाटमा व्यस्त हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.