क्रिकेटखेल

इंग्ल्यान्डलाई सात विकेटले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा

सेमिफाइनल समीकरण पूरा

पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात विकेटले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

च्याम्पियन्स ट्रफी

सेमिफाइनलमा समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिकाले अन्तिम चारमा पुगे । समूह ‘बी’ बाट दक्षिण अफ्रिका समूह विजेता र अस्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनल पुग्दा समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो भने आइतबार हुने भारत र न्युजिल्यान्डबीचको खेलबाट समूह चरणको अन्तिम खेलबाट तय हुनेछ ।

पाकिस्तानको कराँची भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । इंग्ल्यान्डका लागि जो रुटले ३७ रन बनाए भने जोफ्रा आर्चरले २५ रन जोडे । त्यस्तै बेन डकेटले २४ रन बनाई आउट भए भने जोस बटलरले २१, ह्यारी ब्रुक्सको १९ र जेमी ओभर्टनले ११ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि मार्को जनसेन र वियन मुल्दरले समान तीन-तीन विकेट लिए भने लिंदा लुंगी गिडी र कागिसो रबडाको भागमा समान एक-एक विकेट रह्यो । इंग्ल्यान्डले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ दशमलव १ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे ।

दक्षिण अफ्रिकाको लागि भान डेर डुसेनले अविजित रहँदै ७२ रनको अर्धशतकीय पारी खेले भने हेनरिच क्लासेनले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रायन रिकेल्टनले २७ रन जोड्दा डेभिड मिलर ७ रनमा अविजित रहे । इंग्ल्यान्डको लागि जोफ्रा आर्चरले दुई विकेट लिए भने आदील राशिदको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.