राजनीति

शिक्षा गरिबको पहुँचमा छैन : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको शिक्षा गरिब जनताको छोराछोरीको पहुँचमा नभएको बताउनुभएको छ । शिक्षा प्रणाली र विद्यार्थीलाई उत्पादनसँग जोडेर व्यावसायिक र आत्मनिर्भर बनाउन सकेमा देश समृद्ध हुने विश्वास व्यक्त उहाँले गर्नुभयो ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणासभामा अध्यक्ष थापाले विद्यार्थीको हकहितमा कार्य गर्न शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्य गर्न सो सङ्गठनले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

विगतका त्रुटि, कमी कमजोरीलाई सच्याएर पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष थापाले पार्टीलाई ठूलो बनाउने नाममा विगतमा भएका कमजोरी तथा गल्तीबाट पाठ सिकेर पार्टीलाई सुदृढ बनाएर लैजानेछु भन्नुभयो ।

कार्यक्रममा राप्रपा नेपालका नेता राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कँडेल, विद्यार्थी नेता कमल बम, शशी भण्डारी, दिपेश शाह, राजु गैरे, त्रिविक्रम सिंहलगायतले मुलुकमा राष्ट्रवादी शक्ति एकजुट हुनपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा कमलबम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल गठनको घोषणा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.