विश्व समाचार
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते
पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यस बारे जानकारी गराएका छन् ।
वर्षा र बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ।
घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्