आजै सरकार परिवर्तन हुन्छ : सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ समीकरणसहित सरकार गठन हुने बताएका छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ लिने दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’
आइतबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा मिलेर जाने ससहमति भएको थियो ।
आइतबारको बैठकले नयाँ मोड लिएसंगै सबै दल आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा व्यस्त छन् ।
प्रतिक्रिया राख्नुहोस्