अर्थ
एक हजार चार सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ६९ हजार ५०० कायम भएको छ ।

सोमबार प्रतितोला रु एक लाख ६८ हजार एक सयमा खरिदबिक्री भएको सुन आज रु एक हजार चार सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा एक हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्