जन सरोकार

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका-५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.