जन सरोकार

शालिन मृत्यु प्रकरण : घटनाको निश्पक्ष छानबिन गरी कारबाही गर्न माग

राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालिन पोखरेलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ ।

यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.