जन सरोकार

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम २ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ कटानी बस्ने ३२ वर्षीय भिम बहादुर वाईवा र २५ वर्षीय मिलन तामाङ रहेका छन् । प्रहरी चौकी इनारुवाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका प्र.२-०३-००८ प १४३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित बाटोबाट नियन्त्रित लागूऔषध फेनारगन ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र डाईजेपाम ४५ एम्पुलसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा घर भई मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय गणेश घिमिरे र बकैया गाउँपालिका-४ जुरेली टोल बस्ने ३५ वर्षीय बिकाश भोलन रहेका छन् ।

प्रहरी चौकी इनारुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.