नेपाली दक्ष कामदार लैजान जापान सकारात्मक
नेपाली दक्ष कामदार लैजान जापान पठाउन र उनीहरुको सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको नेपालका लागि जापानी राजदूत माएदा तोरुले बताउनुभएको छ ।

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राख्नुभएको थियो ।
गरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।
भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताउनुभयो ।
नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्