जन सरोकार

निष्कासित नेपालीलाई लिएर काठमाडौँ उत्रियो अमेरिकी चार्टर जहाज

अमेरिकाबाट निष्कासित भएका नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज काठमाडौँमा अवतरण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानका क्रममा अवैध रुपमा अमेरिकामा बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार काठमाडौँ आइपुगेको हो ।

निष्कासित नेपालीलाई लिएर काठमाडौँ उत्रियो अमेरिकी चार्टर जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार अमेरिकी चार्टर जहाज बुधबार करिव १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । चार्टर विमानमा कति नेपाली आएका हुन् भन्ने खुल्न नसकेको विमानस्थलका प्रवक्ता पौड्यालले बताउनुभयो ।

“अवतरणको हकमा जम्मा १४ जनाका लागि उहाँहरूले अनुमति लिनुभएको थियो । फर्किने सन्दर्भमा छ जनाका लागि अनुमति लिइएको देखियो,” पौड्यालले भन्नुभयो ।

अमेरिकामा बस्दै आएका नेपालीमध्ये केहीलाई अमेरिकाको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।

अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांक अनुसार, नेपालका एकहजार ३६५ जनालाई फिर्ता पठाइने जनाएको छ । दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.