संस्कृति

अबदेखि पुराण वाचन, ज्योतिषी र कर्मकाण्डका लागि ‘लाइसेन्स’ लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्न परीक्षा लिएर अनुमति (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेको छ ।

ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ ।

प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।

प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उहाँले सुनाउनुभयो । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।

छ महिने प्रशिक्षणको रु १५ हजार शुल्क तोकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो । यसमा थप परीक्षा शुल्क पनि लिइने जनाइएको छ ।

कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि अनुमतिपत्र लिनुपत्र उपयुक्त हुने भनी तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.