लागुऔषध ओसारपसारमा बालबालिका प्रयोग
लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको तथ्य खुलेको छ । शुक्रबार रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसबाट प्रहरीले लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
यता काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित टहरामा बस्ने काभ्रेपलाञ्चोक तिमालकी २७ वर्षीया सीता रायमाझी आज मृत फेला परेका र उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्