कला/मनोरन्जनकलिउड

अभिनेत्री निशा अधिकारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दियो यस्तो आदेश

काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइताबत सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्नुभएको छ ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गर्नुभएको थियो । उहाँहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.