राजनीति

सत्ता समीकरणमा साना दलको भाउ बढ्यो

सत्ता समीकरणमा अनपेक्षित परिवर्तन भएपछि यतिबेला ठूला राजनीतिक दलहरु साना दलका नेताहरुसंगको भेटघाटमा व्यस्त रहेका छन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर एमाले, रास्वपाको नयाँ गठबन्धन बनाएपछि अहिले नेताहरुको दौडधूप बाक्लिएकको छ ।

यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।

पत्नी तथा कांग्रेस सांसद डा. आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर देउवा नेता नेपाललाई भेट गर्न पुग्नुभएको हो ।

यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुग्नुभएको थियो ।

ओली र प्रचण्ड कोटेश्वर पुगेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगेको समाचार सूत्रले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.