राजनीति

नारायणकाजीको भागमा परराष्ट्र, अर्थमन्त्रीमा वर्षमान

सत्तारुढ नेकपा माओवादी केन्द्रले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्री र उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने भएको छ ।

गृह मन्त्रालय रास्वपाको भागमा परेपछि श्रेष्ठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय दिइएको हो । माओवादीबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको सिफारिश भए पनि उनीहको नाम टुंगो लगाउन बाँकी छ ।

माओवादीबाट हितबहादुर तामाङले विनाविभागीय मन्त्रीको शपथ खाइसक्नुभएको छ । हितबहादुर बाहेक सिफारिश भएकाहरुमा सबै मन्त्री निवर्तमान मन्त्रिमण्डलमा सामेल छन् ।

माओवादीबाट यसअघिको सरकारमा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएका शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहनुभएकी रेखा शर्मालाई पुनः मन्त्रीमा सिफारिस गरिएको छ ।

सरकारमा सामेल हुने नेकपा एमालेले आठ मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चार मन्त्रीको नाम चयन गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.