जन सरोकार

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५६ वर्षीय शेषकान्त शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शर्माले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइ प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.