बालेनको पुख्र्यौली घर पुगेर प्रचण्डको आव्हान, ‘मिलेर यो देश बनाऔं’
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा प्रभावशाली युवाहरुले चुनाव जितेपछि गणतन्त्रका सून्दर फूल भनेर परिभाषित गर्नुभएको थियो ।

विशेष गरी उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै सो कुरा बताउनुभएको थियो । यसै क्रममा तराई मधेश जागरण अभियानमा रहनुभएका अध्यक्ष प्रचण्डसहितका नेता महोत्तरीस्थित बालेन साहको पुर्ख्यौली घरमा पुग्नुभएको छ ।
महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन साहको पुर्ख्यौली घरमा राखिएको स्वागत कार्यक्रम सहभागी हुनुभएका प्रचण्डले उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताउनुभयो ।
त्यस क्रममा उहाँले भन्नुभयो, “बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।”
कार्यक्रममा अध्यक्ष प्रचण्डले समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्