सूचना/प्रविधि

एप्पलको नयाँ ‘म्याकबुक एयर’- अधिकतम मूल्य नौसय ९९ डलर

एप्पल कम्पनीले नयाँ ‘म्याकबुक एयर’ बजारमा ल्याएको छ । नयाँ म्याकबुक एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको रेहेको छ ।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भई ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर  प्रि–अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ ।

कम्पनीका अनुसार यसमा बिल्ट–इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुई वटा बाहिरी डिस्प्ले पनि रहेको छ ।

कम्पनीले भनेको छ, “पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ ।”

शुरुआती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ,” एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.