राजनीति

“अनुहारमा लागेको धुलो ऐना पुछेर हुँदैन प्र.म.ज्यू” डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुहारमा लागेको धुलो ऐना पुछेर नहट्ने भन्दै पहिला आफ्नो अनुहारको धुलो पुछ्न आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले काम गर्न नसकेको भन्दै पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन सहितको सरकार बनाएपछि डा. भट्टराईले अरुलाई दोष दिनुभन्दा पहिला आफ्ना गतिविधि र नीति तथा कार्यक्रम हेर्न आग्रह गर्दै सो कुरा बताउनुभएको हो ।

सामाजिक सञ्जालमा सटिक टिप्पणी गर्दै डा. भट्टराईले “विविध कारण देखाउँदै राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहे पनि आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान नदिएको” भन्दै अनुहार हेर्न सुझाव दिनुभएको हो ।

गालीबको चर्चित कवितांश “धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” कवितांश साभार गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई कार्यशैली फेर्न अनुरोध गर्दै उहाँले भन्नुभएको छ-

“उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाॅचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे! अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टाॅसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?

संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको वेला मूलतः तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसंग कहिले अर्कोसंग टाॅसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता/स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ? लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस् !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.