केही दिनपछि राप्रपालाई खोज्न नपरोस् : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता गठबन्धनले केही दिनभित्रै राप्रपाको खोजी गर्न नपरोस् भन्दै चुनौति दिनुभएको छ ।

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सत्ता खेलमा सामेल नहुने निर्णय गरेको गठबन्धनबाट राप्रपालाई सामेल नगरिएको प्रचार गरिएको भन्दै सो कुरा बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले अहिले सत्ता गठबन्धनका केही नेताले रापपालाई सामेल नगरेको भने पनि हामी आफैं नगएको र भोलिका दिनमा राप्रपा खोज्न नपरोस् भन्नुभयो ।
उहाँले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको र नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान पनि गर्नुभयो ।
त्यसैतै अध्यक्ष लिङ्देनले मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन माग गर्दै प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्