जन सरोकार

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

युके पठाइदिन्छु

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाइ मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.