अर्थ
पाँच सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु पाँच सयले घट्दै र चाँदीको मूल्य रु ५ ले बढेको हो ।

बिहीबार प्रतितोला रु एक लाख ७० हजार सात सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी भने रु पाँचले बढ्दै प्रतितोला रु एक हजार नौ सय ९० मा किनबेच हुँदैछ । बिहीबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्