प्रबास
दोहामा नेपालीले गरे रक्तदान
वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका बाँके जिलाबासी नेपालीहरुले दोहामा रक्रदान गरेका छन् । बाँके सेवा समाज कतारको आयोजनामा भएको कार्यक्रममा त्यहाँस्थित हमाद हस्पिटलको रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

नेपालीहरू कतारमा विभिन्न जोखिमपूर्ण काममा रहेका र कहिलेकाहीँ दुर्घटना पर्दा वा बिरामी हुँदा रगत पाउन गाह्रो हुने गरेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष हेमराज रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ८ देखि १ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन् ।
आगामी दिनमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको रिजालले बताउनुभयो । कतारमा तीन लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्