राजनीति

राजनीति पुनः लयमा फर्कन थाल्यो : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुनः सम्हालिएर अघि बढ्न थालेको बताउनुभएको छ ।

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा महत

नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई मंगलबार नुवाकोटको लिखुमा सम्बोधन गर्दै उहाँले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताउनुभयो ।

“सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा गत पुस १० गतेपछि नैराश्यता छाएको थियो”, डा महतले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गराँै यो निश्चित गन्तव्यमा पुग्नेछ ।”

देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उहाँको भनाइ थियो । मुलुक अहिले आर्थिक सङ्कटमा रहेकाले अधिकार सम्पन्न स्थानीय तहले जनताको सेवा तथा सुविधा पु¥याउन र स–साना माग पूरा गर्न लाग्नुपर्ने उल्लेख गर्दै डा महतले ठूल्ठूला योजना कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धितर्फ लम्काउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.