विश्व समाचार

सैनिक विमान ठोक्किँदा दुई जनाको मृत्यु

इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किँदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको छ ।

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.