राजनीति

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

राष्ट्रप्रमुखका रुपमा संवैधानिक राजतन्त्र हुनुपर्ने एजेण्डामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि फागुन २५गते हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको तर अहिलेका दुबै उम्मेदवार सक्रिय राजनीतिबाट आएको हुनाले निष्पक्षताको आशा गर्न नसकिने बताउुभयो ।

त्यस्तै पार्टी प्रवक्ता मोहन श्रेष्ठले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनभयो ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.