नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि पुरुष, महिला, यू १९ र यू १६ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी क्यान सचिव पारस खड्का सहितका पदाधिकारीले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।
क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।
पत्रकार सम्मेलनमा क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने पनि जानकारी दिइएको छ ।
पुरुष घरेलु प्रतियोगिता
- जय ट्रफी पुरुष एलिट कप
- पिएम कप जिल्ला र प्रदेश
- पिएम कप
- राष्ट्रिय टी-२० च्याम्पियनसिप
- दसौं राष्ट्रिय खेलकुद
- नेपाल ए टिम सिरिज
- नेपाल ए टिम सिरिज
- कोचिङ र क्युरेटर्स कोर्ष
- अम्पायरिङ कोर्ष
- एनपिएल मिनी अक्सन
- नेपाल ए टिम टुर (भारत/बंगलादेश)
- प्रदेश स्तरीय प्रतियोगिताहरू
- नेपाल प्रिमियर लिग
- महानगरपालिका कप
पुरुष अन्तर्राष्ट्रिय
- हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
- विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
- आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
- स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
- टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
- भारतका विभिन्न स्थानमा पकेट क्याम्प
- अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
- टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
- विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
- यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
- हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
- ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)
महिला अन्तर्राष्ट्रिय
- नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसँग सिरिज
- दुई साताको बन्द प्रशिक्षण
- युगान्डामा चार देशीय सिरिज
- भुटानको नेपाल भ्रमण
- महिला टी-२० विश्वकप छनोट-थाइल्यान्ड
- महिला इमर्जिङ टिम्स एसिया कप – थाइल्यान्ड
- नेपाल टी-२० सिरिज- नेपाल, मलेसिया र युएई
- श्रीलंकाको नेपाल भ्रमण (प्रस्तावित)
- नेपालमा युगान्डा, युएई र नेदरल्यान्ड्सको सिरिज
महिला घरेलु
- प्रधानमन्त्री कप
- दसौं राष्ट्रिय खेलकुद
- महिला एलिट कप-५० ओभर
- पोखरा वा भैरहवामा क्याम्प
प्रतिक्रिया राख्नुहोस्