जन सरोकार

शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्याली

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज (शनिबार) सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्याली आयोजना गरेको छ ।

शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्यालीले विरेन्द्र चोकबाट सुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवर्द्र्धन गर्ने विश्वास गरिन्छ ।

उक्त र्याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् ।

ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत सङ्गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.