आँखै रसाउने जापानी एनिमेसन फिल्म ‘सुजुम’ दक्षिण कोरियामा रिलिज
विपद तथा दुर्घटनापछिको अवस्था र त्यसको सामना गर्ने एक काल्पनिक पात्रको कथामा आधारित जापानी एनिमेसन फिल्म ‘सुजुम’ दक्षिण कोरियामा रिलिज भएको छ ।
जापानका प्रख्यात एनिमेसन फिल्म निर्देशक माकोटो शिन्काईको नयाँ फिल्म दक्षिण कोरियामा रिलिज भएसंगै झन् लोकप्रिय हुँदै गइरहेको छ।
यो काल्पनिक फिल्म ‘सुजुम’ को मुख्य पात्र एक स्कूली छात्रा रहेकी छिन् जसले बाल्यकालमा भयानक भूकम्पको सामना गरेकी थिइन् । विपत्ति ल्याउने जादुको ढोका बन्द गर्न उनी जापानको साहसिक यात्रामा लागेकी छिन् ।
शिन्काईले बुधबार फिल्म रिलिजको अवसरमा सियोलको एक सिनेमा हलमा दर्शकहरूलाई सम्बोधन गर्नुभएको थियो ।
उहाँले दक्षिण कोरियामा पनि विपद् वा दुर्घटनाले सामान्य जनजीवन एक्कासी ठप्प हुने भएकाले दर्शकले चलचित्रसँग जोडिनसक्ने आशा व्यक्त गर्नुभयो ।
साताको मध्यमा पनि यो नयाँ फिल्म हेर्न दर्शकको भीड लागेको थियो । युनिभर्सिटीका एक विद्यार्थीले फिल्म हेरेपछि आफ्नो आँखा रसाएको बताए ।
प्रतिक्रिया राख्नुहोस्