काठमाडौंमा आज (बिहिबार)देखि सुरु भएको नेपाल, पपुवा न्यूगिनी र संयुक्त अरब इमिरेट्स (युएई)बीच विश्वकप लिग २ अन्तर्गतको अन्तिम श्रृङ्खला खेलिरहेको नेपाल पिएनजीमाथि ५२ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ४९.१ मा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो । २९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा समेटियो ।
नेपाललाई विजयी दिलाउने क्रममा ब्याटिङतर्फ आसिफ शेखले ११० रनको शतकीय पारी खेले भने बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए ।
त्यसै गरी दीपेन्द्रसिं ऐरीले २ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे । पिएनजीका ३ खेलाडी रन आउट भएका थिए ।
विशा लक्ष्य पछ्याएको पिएनजीको सुरुवात निकै उत्कृष्ट रहेको थियो । तर, नेपाली बलरहरुले लगातार विकेट झारेपछि पिएनजी संकटमा परेको थियो ।
४० औं ओभरमा आएर पिएनजीले आक्रामक ब्याटिङ गरेको थियो । उसका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् ।
प्रतिक्रिया राख्नुहोस्