क्रिकेटखेल

हङकङले दियो नेपाललाई दुई सय १३ रनको लक्ष्य

नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी २० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका लागि बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेले । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए ।

यसै गरी अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए । नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एकरएक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङकङसंग मैत्रीपूर्ण खेल खेलको हो ।त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.