अर्थ

एक सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने घटेको छ । आज प्रतितोला सुनको मूल्य रु एक सयले बढ्दा चाँदीको मूल्य भने रु ५ ले घटेको हो ।

शुक्रबार प्रतितोला रु एक लाख ७० हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी भने रु पाँचले घट्दै प्रतितोला रु एक हजार नौ सय ८५ मा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.