जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप घर भई सोही नगरपालिका-१५ ढुङ्गेअड्डा डेरा गरी बस्ने ५० वर्षीया जुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सप्तरी, खडक नगरपालिका-७ स्थित खडक खोलाको दहमा सोही नगरपालका-८ मुसहरनिया बस्ने २५ वर्षीया मुनिता कुमारी मण्डल शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-१ सिर्जना बस्ती बस्ने ७३ वर्षीया फुलमाया माझी सोही ठाउँस्थित नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी रौतहट, गरूडा नगरपालिका-६ पोठियाहीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित हनुमन्ते खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.