युगाण्डामा जारी चारदेशीय महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजत गरी पहिलो जित दर्ता गरेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा सम्पन्न खेलमा युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् । कुनै समय ३९-२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०-४, ५६-५, ६८-६, ६९-७, ६९-८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।
त्यसै गरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् ।
प्रतिक्रिया राख्नुहोस्