जन सरोकार
ललितपुर र उदयपुरबाट विभिन्न धनमाल चोरी
ललितपुर र उदयपुरबाट विभिन्न धनमाल चोरी भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने देवी आचार्यको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।

त्यस्तै उदयपुर, त्रियुगा नगरपालिका-११ बाबारानी मार्गस्थित सुनिल कुमार महतोको निर्माणधिन घरबाट करिब २ लाख २८ हजार रूपैयाँ बराबरको विभिन्न धनमाल शुक्रबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्