अर्थकृषि

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्य ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो ।

गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी रु १३० सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेल बताउनुहुन्छ ।

“किसानसँग खरिद गरेको काँचो अम्रिसो सुकाउँदा औसतमा १५ देखि २० प्रतिशतसम्म घट्ने गरेको बताउँदै प्रतिकेजी रु ७० देखि ७५ सम्ममा झापाको धुलाबारीस्थित डिलरमा आफूले बेच्ने गरेको” उहाँले बताउनुभयो ।

पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश किसान नगदेबालीको रुपमा व्यावसायिक हिसाबले अम्रिसोे खेतीमा आकर्षित भएका छन् ।

“गत वर्षसम्म अम्रिसोेको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका थियौँ, यस पटकको अम्रिसोेको मूल्यले निरास बनायो” लेटाङ– १ का किसान यामबहादुर मगर बताउनुहुन्छ । पाँच रोपनी बारीमा लगाएको अम्रिसो वार्षिक दश मन जति उत्पादन हुने गरेको मगर बताउनुहुन्छ ।

किसान मगरका अनुसार “गत साल प्रतिकेजी रु १४० सम्ममा लेटाङ बजारमा अम्रिसो कारोबार भएको थियो ।”

विगतका वर्षमा राम्रो आम्दानी हुने गरेकाले हौसिएर अरु बाली मासेर अम्रिसोे लगाएकामा अहिले मूल्य नपाउदा दुःख लागेको अम्रिसो उत्पादन गरेका किसान हस्त मगर बताउनुहुन्छ ।

ओरालो र भिरालो ठाउँमा हुने अम्रिसो वर्षमा एक पटक मात्र उत्पादन हुने गर्दछ । तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानको यसतर्फ आकर्षण बढेको छ ।

कुनै सयम बिक्री नभएर बस्तु चौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानको यस तर्फ आकर्षण बढेको लेटाङ १ का वडाध्यक्ष विष्णु मगर बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.