जन सरोकार

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खैरो हेरोइन

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका-१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् । प्रहरी चौकी ईनरुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.