क्रिकेटखेलबिशेष

न्युजिल्याण्डलाई पराजित गर्दै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो तेस्रो पटक उपाधि

न्युजिल्याण्डलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

जारी प्रतियोगितामा भारतले अपराजित रहँदै उपाधि जितेको हो । योसंगै भारतलाई तेस्रोपटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबई अंतर्श्त्रिया क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डारिल मिचेलले १०१ बलमा तीन चौकाको मद्दतमा सर्वाधिक ६३ रननो अर्धशतकीय पारी खेले भने माइकल ब्रेसवेल ४० बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५३ रनमा अविजित रहे । त्यस्तै रचिन रविन्द्रले ३७ रन जोड्दा ग्लेन फिलिप्सले ३४, विल योङ्गले १५, टम लाथमले १४ र कप्तान केन विलियम्सनले ११ रन बनाए।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले समान दुई-दुई विकेट लिए भने तथा मोहम्मद शामी र रविन्द्र जडेजाको भागमा समान एक-एक विकेट रह्यो । न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४९औं ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले ८३ बलमा सात चौका र तीन चौकको मद्दतमा ७६ रनको अर्धशतकीय पारी खेले भने श्रेयस अय्यरले ४८ रन जोड्दा केएल राहुल ३४ रनमा अविजित रहे । यस्तै शुभमन गिलले ३१ रन जोड्दा अक्षर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाए ।

न्युजिल्याण्डको लागि माइकल ब्रेसवेल र मिचेल सान्टनरले समान दुई-दुई विकेट लिए भने काइल जेमिसन र रचिन रविन्द्रको भागमा समान एक-एक विकेट रह्यो । भारतले यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जितेको थियो भने २०१३ मा उपाधि आफ्नो पक्षमा पारेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.