जन सरोकार

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तीन जना पक्राउ

पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानियाँ र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।

पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कवीहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.